पारस भट्ट “प्यासी”को कविता – कुहेको चाउचाउ

Image
Nisarga Hospital

मैले आफ्नै खेतको माटोमा उब्जाएको
फलफुल जैविक मल ,प्रयोग गरेर
,गोलभेडा , आलु काउली ,फर्सी
तरकारिलाई ,कुटो कोदालो खनेर
दिन दिनै शिचाइ ,गोडेनेल गरेर ,
महिनौ कुरेर “तरपनी पनि खाएन
कसैले केमिकल औसधि प्रयोग गरेर

CP Hospital Dhangadhi

तरकारी फलफुल अन्नपात
उब्जाएको भन्ने आरोप खेपे ”
सय रुपिया कमाउन सकेन

त्यत्रो पसिना बगाएर”
यहाँ दस ग्राम मैदालाइ
बीस पच्चीसको प्याकेट बनाएर
कोहि कोहि अरवपती बने
कुहेको चाउचाउ बेचेर

पच्चीस बर्ष स्कुल पढे
डिग्री गरे मैलेपनी
कहिले लिखत मै फालिए,
कहिले मौखिक मै फालिए”!
सरकारी जागीर कतै पाएन
पहुँच नभएर
घुस दिन पैसा नपुगेर

गर्न त गरेकै थिए सानो तिनो काम
पन्द्र हजार तलव दस हजार रुम भाडा
पाच हजार खाना खर्च ,नास्ता खान त
बा ‘लाइ नै कन्याउनु पर्ने मैले मैले
दिन दिनै कत्ती माग्नु बा ‘लाई
बरु एकैचौटी दिउं दुख बा ‘लाई
बा दुई तीन लाख ऋण निकालिदिनु
बेङ्कमा लाजपुर्जा धितो राखेर
दुई चार लाख ॠण
निकालिदियो दियो बा ‘ले

भिसा लाए बिदेश गए म
एस एल सि पास काका
मन्त्रीमा नियुक्त छन्
आठ पास हजुरबुवा
प्रधानमन्त्री बने
पाँच पासले रास्ट्रपति खाए
मैले सधैं खाडी कै धुप खाए!

पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी