
सुदूरपश्चिम विश्वविद्यालयकाे स्थापना वि. सं. २०६७ सालमा भएकाे हाे । सुरुवाती चरणमा विश्वविद्यालयकाे नीति निर्माण, याेजना कार्यान्वयन, पाठ्यक्रम निर्माण, भाैतिक पूर्वाधार लगायतका महत्त्वपूर्ण काममा विशेष याेगदान पु-याउनु भएका हाम्रा अग्रज व्यक्तित्व तत्कालीन उपकुलपति प्रा. डा. जय राज अवस्थीज्यू र रजिस्ट्रार प्रा. डा. हेम राज पन्तज्यूलाई लेखककाे कलमबाट विशेष धन्यवाद दिन चाहन्छु ।

हुन त आफू विशुद्ध शिक्षण पेशामा आवद्ध कुनै पेशागत सङ्घ सङ्गठनकाे पदीय जिम्मेवारीमा नरहेको व्यक्तिले आभार प्रकट गरेकाे के नै अर्थ हाेला र ! जे हाेस स्थापना कालका जिम्मेवार तहमा बसेका निष्कलङ्क नीतिनिर्माता र याेजनाकारहरूलाई मेराे व्यक्तिगत तर्फबाट पुन: विशेष धन्यवाद !
दाेस्राे कार्यकाल उपकुलपति हुनु भएका प्रा. डा. भूषण श्रेष्ठज्य र उहाँकाे टिमले खासै सन्ताेषजनक काम नगरेकाे सुदूरपश्चिम बासीहरूकाे बुझाई रहेकाे छ । विश्वविद्यालय जुन गतिमा अगाडि बढ्नु पर्ने थियाे, त्याे हुन नसक्नु सुदूरपश्चिमकै दुर्भाग्य हाे । तेस्रो कार्यकालमा उपकुलपति हुनु भएका निवर्तमान उपकुलपति प्रा. डा. अम्म राज जाेशीज्यू र रजिस्ट्रार प्रा. यज्ञ राज पाठकज्यूले विश्वविद्यालयलाई सहि बाटाेमा डाे-याउने काममा अग्रसरता भने देखाएकै हाे । तर सफल हुन नसक्नु भनेकाे हामी अभागी, उनीहरूकाे असफलता र कार्यक्षमतामा प्रश्नचिह्न उठेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका थुप्रै चुनाैती र सम्भावनाहरू पनि छन् । कैलाली बहुमुखी क्याम्पससित २०७७ साल माघ – ३ दुईपक्षीय सम्झाैता (MOU) भएर पनि समायोजनकाे प्रक्रिया ओझेलमा पारिएकाे छ । विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरूका समायोजन लगायतका विविध समस्याहरू रहेका छन् । पेशागत वृति विकासका कुराहरू ओझेलमा परिएका छन् । यसकाे जिम्मा विश्वविद्यालयकाे कुन निकायले लिने हाे ? त्रिभुवन विश्वविद्यालय पछिकाे विद्यार्थी सङ्ख्याकाे आधारमा दाेस्राे ठुलाे विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय बनेकाे छ । शिक्षाकाे गुणस्तर, प्राध्यापक तथा कर्मचारीहरूकाे पेशागत विकासकाेलागि विश्वविद्यालय माैन देखिन्छ ।
हाल विश्वविद्यालयकाे उपकुलपति छनाेट प्रक्रियामा तीनजना विद्वान प्राध्यापकहरूकाे नाम सुन्नमा आएकाे छ । तीनैजना प्रा. डा. अक्कल देव मिश्र, प्रा. डा. भवानी दत्त जाेशी र प्रा. डा. हेम राज पन्तज्यूलाई शुभकामना बधाई दिन चाहन्छु । छनाेटमा पर्नु भएका विद्वानहरूकाे निष्पक्ष मूल्यांकन गरेर छिटोभन्दा छिटाे उपकुलपति नियुक्त गरेर विश्वविद्यालयमा पठाएकाेभए हाम्रा ओझेलमा परेका कामहरूकाे गति बढ्ने कुरामा हामी विश्वस्त छाैं । त्रय विद्वानहरू मध्ये उपकुलपति हुने विद्वान प्रा. डा. लाई व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवम् बधाई छ । स्वागतम् !!! स्वागतम् !!! स्वागतम् !!!
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी






























