सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

यो सारा  दुनिया समेत अदल-बदल हुन्छन्

CP Hospital Dhangadhi

आमा आफ्नो कर्तव्य मै सधैं अटल हुन्छन्,

थाहा छ यो पुरूष प्रधान समाजमा सदियौँ,

आमाहरू माथि नै पटक-पटक छल हुन्छन्।

नौँ महिना  कोखमा राख्छन् अनि काखमा,

प्राणी रूपि समाजमा आमा अब्बल हुन्छन्।

आमा त शब्दनै काफीछ  बराबरी छैन केही,

हृदयमा मायाँकै खानी अमृतको भल हुन्छन्।

आफ्नै जीवन दाउँमा लगाएर पाल्छन् बच्चा,

डराउँदैनन् भुइचालो आई उथलपुथल हुन्छन्।

आमाको महिमा नबुझ्नेहरूले अध्यायन गरौँ,

मानव समाजभित्र त केवल छलफल हुन्छन्।

॥१॥

थाहाभयो दुश्मन पनि ज्यानको हकदार हुँदोरैहिछ,
जस्तो की यही राजनीति समेत व्यापार हुँदोरहिछ।
आफ्नो भन्नु यो संसारमा के रहिछ मुर्दालाई सोधौँ,
जीउँदा छंदा मात्र आपसमा यस्तो दरार हुँदोरहिछ।
जनतालाई एउटा भ्रम हुन्छ सरकार हामिले बनायौँ,
विदेशीले छानेपछि बल्ल देशमा सरकार हुँदोरहिछ।
हामिले पसिनाको मूल्य चिन्न सकिनौँ कहिल्यै पनि,
असलमा यहाँ त हाम्रै पसिनामा कारोबार हुँदोरहिछ।
सहिदले आफ्नो रगत बगाए सुनौलो दिनको आसमा,
केथाहा अचेल त उनैको रगतमा भ्रष्टाचार हुँदोरहिछ।
सोंचिरहेका थियौँ कहिले त परिवर्तन आउला देशमा,
आफ्नै भित्र अवसरबादको जन्म लगातार हुँदोरहिछ।

॥२॥

कुनै जमाना थियो आफ्नै पनि मित्र आउने गर्थे।
दुःख सुख्ख सोध्नलाई मेरै घर भित्र आउँने गर्थे।
मन भित्र के थियो त्यो थाहा छैन कुरा हुन्थे मिठा,
मेलमिलाप भेटघाटमा बिचार पवित्र आउने गर्थे।
शहिद त्यो वेला म पनि झिल्के थिएँ होला लाग्छ,
व्लेकह्वाइट केमरामा पनि सुन्दर चित्र आउँने गर्थे।
अचेल सुनसान छ झिङ्गा पनि त महमै रमाउँछन,
लोभी नातेदार आफ्नै देखाउन चरित्र आउँने गर्थे।
धनले मन खरानी पार्यौ ऋण लाने फर्कि आएन,
कुनै बेला नयाँ कुण्ठा बोकी एकत्रित आउँने गर्थे।
॥३॥

जनताहरूलाई सधै दुख्खै दुःखको रास भयो,
जुन सरकार आएपनि त्यो दलाल खास भयो।
रूसभित्र लडाइ भएपनि कारगिलमा भएपनि,
जस्ले जता मारेपनि नेपाली युवाकै लाश भयो।
छानेर पठाउँछौ आफ्नो देशको रक्षाको लागि,
सरकारभित्र पुग्दा नपुग्दै बिदेशीको दास भयो।
जनता जति आन्दोलन गरेपनि जनहित भएन,
सपना त आगन मै आएर पनि सत्यनाश भयो।
चम्चाहरूको राज छ अचेल देश विदेश भरिमा,
केही गर्नु पर्दैन मात्र जि हजुर त्यही पास भयो।
गरिबहरू मरेपनि दुइगज जमिन पाउंन गारो छ,
धनमानको धर्ती अनि कब्जामा आकास भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८