लक्ष्मीदत्तका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

वितेको कहानी यहीँ याद आयो
सुनौलो बिहानी यहीँ याद आयो
न मानेर झर्को सधै काममा नै
दुखेको परानी यहीँ याद आयो
बचाएर राखे टुटेका सितारा
दिएको निसानी यहीँ याद आयो
न मागे न चोरे बगाए पसीना
र आफ्नै सिरानी यहीँ याद आयो
हजारै उकाली हिडेको त बेला
बितेको जवानी यहीँ याद आयो
न अाफ्ना न साथी र एक्लै छ लक्ष्मी
गरेकाे लगानी यहीँ याद आयो

CP Hospital Dhangadhi

॥१॥

लुकेछौ मायामा मन छ गुनिलो हाँस न सखी
घुमेछौ छायामा वन छ भरिलो हाँस न सखी
चरा खै बोल्दैनन् श्रबण प्रिय संङ्गीत लहरी
सुनेछौ कानैमा तन छ हसिलो हाँस न सखी
परेवा झै जोडी भ्रमण गरने साथ जगमा
गुमेको हासोमा पन छ कसिलो हाँस न सखी
निशाको रश्मीमा पवन भरको बादल सरी
बचेको मायामा झन छ सुकिलाे हाँस न सखी
हरायो भाग्याे खै मनु सुख उन्माद सरिता
जलायो आत्मा यो धन छ गतिलो हास न सखी
॥२॥
अवस्था छ आफ्नाे उसै काम राेज्ने
बगाई पसीना मिठो माम राेज्ने
सदा गाउँ बस्ने सबै साथ आफ्नो
उषाले चुमेकाे सुखी ठाम राेज्ने
हिमाली पहाडी मधेसी सबैले
मिलेरै त आफ्नाे यहाँ नाम राेज्ने
यहाँ दर्द पीडा सबै साथ बाड्दै
सदा हर्ष उल्लासकाे दाम राेज्ने
मनोभावना त्यो सबैको बुझेरै
यहाँ प्रेम राख्ने नया खाम राेज्ने
हु यात्री धराका सबै साथ हिन्दै
छहारी बनैकाे यतै साम राेज्ने
छ पानी पधेराे चरा काे छ बाेली
जता शान्ति हाेला तेतै धाम राेज्ने
जगाएर आशा सबै साथ लक्ष्मी
बशन्ती छटाकाे यतै याम राेज्ने
॥३॥
पढेरै नसक्ने कहानी छ हाम्रो
यहाँ चार दिन् काे जवानी छ हाम्रो
छराै प्रेम माया सबै साथ हामी
कसैले त देख्ला लगानी छ हाम्रो
गराै काम राम्रो यहाँ जन्म पायाै
यसैले धरामा निसानी छ हाम्रो
गतीले दिएकाे सबै झेल्नुपर्ने
अधेराे हटेसी बिहानी छ हाम्रो
यता जन्म पाए कता मर्नु पर्ने
सबै प्राण जल्दा खरानी छ हाम्रो
नराम्रो नसाेचाै यही जिन्दगानी
सबै साथ लक्ष्मी परानी छ हाम्रो
॥४॥
मायालु रोज्ने तन मै रमाए
बाचा ति गर्ने धन मै रमाए
सारा जवानी कु बिचार बोक्दै
बैसालुको गन्थन मै रमाए
आफ्नो कला संस्कृतिबाट टाढा
ठर्रा बिदेशी पन मै रमाए
भो बन्द संस्कार बढेर स्वार्थी
लालित्यको चुम्बन मै रमाए
छोडेर आफ्ना ममता पराई
जोडेर नाता जन मै रमाए
लक्ष्मी दत्त भट्ट

धनगढी, कैलाली