गोदावरी १० को खमौरा शिविरमा USAID – तयार नेपालद्वारा एकिकृत माछा पोखरी मर्मत सुरु

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १० को खमौरा शिविरको गवसी घटेश्वर सामुदायिक वनमा निर्माणमा अधुरो रहेको खाल्डो पारीएको भागको केही ठाउँमा एकिकृत माछा पोखरी निर्माणको कार्य सुरु भएको छ ।

CP Hospital Dhangadhi

साझेदारी संस्था USAID – तयार नेपालद्वारा यस क्षेत्रमा रहेका दलित, बिपन्न, जनजाती आयस्रोत कम भएका ६० परिवारलाई यस क्षेत्रमा माछा पालन पोखरीमा जिम्मेवारि दिने गरी काम अगाढी बढाएको छ ।

 

ठुलो क्षेत्र ओगटेको पोखरी मध्ये पहिलो चरणमा USAID – तयार नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डोको लागि आज बाट काम सुरु गरेको छ । र पानीको ब्यावस्थापनका लागि पोखरी नजिकै बोरिङको ब्यावस्थापन गर्दै गरेको जानकारी रूपान्तरण नेपालका फिल्ड संयोजक बम बहादुर ओलीले बताएला छन ।
यस पोखरीको चारै तिरको भागमा काडेतार, बृक्षारोपण सँगै एकीकृत माछा पालन कार्यक्रम,तरकारी खेती, घाँस खेती, हासको पालन लगायतका योजना अगाढी बढाउने तयारि रहेको जनाएका छन ।

 

कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिका बडा न. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्टले पुजाआजा गरी कामको थालनी अगाढि बढाएका थिए । पोखरीको मर्मत सम्भार कार्यक्रममा बोल्दै भट्टले भने, यस पोखरीको निर्माण र यस ठाउँका स्थानियहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने बताएका छन । यस पोखरी निर्माण कार्यका लागि सबै आ-आफ्नो ठाउँबाट सहयोग गरी सफल ब्यावसायी बन्नमा सहयोग पुग्ने समेत ब्यक्त गरेका छन ।

oplus_1024
oplus_0