त्रिविको एमबीएस र एमपीए प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक, पुस २५ गते परीक्षा हुने

Image
Nisarga Hospital

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले सेमेस्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन (एमपीए) कार्यक्रमको प्रवेश परीक्षा–२०८३ को कार्यतालिका सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

भर्ना वर्ष २०८३ का लागि इच्छुक विद्यार्थीले मंसिर ७ गतेदेखि पुस २१ गतेसम्म आवेदन फाराम भर्न सक्नेछन्। प्रवेश परीक्षा आगामी पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ भने नयाँ शैक्षिक सत्रको नियमित कक्षा माघ १८ गतेदेखि सुरु हुने संकायले जनाएको छ।

प्रवेश परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी तथा बिजनेस एन्ड इकोनोमिक्स वा जनरल अवेयरनेस विषयबाट २५/२५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्।

स्नातक तहको परीक्षामा सहभागी भई नतिजा पर्खिरहेका विद्यार्थीले पनि प्रवेश परीक्षा दिन पाउनेछन्। तर भर्ना हुने समयमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ।

विद्यार्थीले संकायको आधिकारिक वेबसाइट www.tudoms.org मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। प्रवेश परीक्षा शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ। परीक्षा केन्द्रसम्बन्धी विवरण पछि सार्वजनिक गरिने जनाइएको छ।