छिमेक लघुवित्त द्वारा आयोजित तिन दिने आधारभुत कुखुरा पालन तालिम सम्पन्न

Image
Nisarga Hospital

कपिलवस्तु:छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कलौनी द्वारा आयोजित तिन दिने आधारभुत कुखुरा पालन तालिम सम्पन्न गरिएको छ।यहीँ असार १९ गते देखि सुरु गरिएको तालिम २१ गते एक औपचारिक कार्यक्रमका साथ सम्मपन्न गरिएको हो।

CP Hospital Dhangadhi

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका बरिस्ठ अनुगमन प्रमुख टेकराज पन्थ (सुशील)को प्रमुखतामा असार १९ गते तालिमको उद्घाटन गरिएको थियो।तालिमको उद्घाटन सत्रमा बोल्दै अनुगमन प्रमुख टेकराज पन्थले सदस्यहरु लाई तालिम लिइ व्यवसायीक बन्नुपर्नेमा जोड दिएका थिए।

nawajiwan

विभिन्न इकाई बाट आउनु भएका व्यवसायीक सदस्य र व्यवसाय गर्न सिपको खोजीमा रहनुभएका सदस्य अभिभावकहरु लाई कलौनी शाखाले आधारभुत कुखुरा पालन तालिम प्रदान गरेको छ।तालिमको अन्तिम दिन तालिम लिइरहेका सदस्यहरुले सकरात्क प्रतिक्रिया जनाएका छन्।

समापन सत्रमा बोल्दै व्यवसायीक सदस्य तारा तण्डनले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको तिन दिने आधारभुत कुखुरा पालन तालिमले आफु लाई व्यवसाय गर्न अझै थप बल पुगेको बताइन्। ५० वटा भन्दा बढी कुखुरा पाल्दै सानो व्यवसाय गरिरहेकी टण्डनले तालिम लिए पश्चात् व्यवसाय लाई अझै बृद्वि गर्ने जनाइन।

Attariya Hospital

तेस्तै अर्का सदस्य हिमा बिसिका अभिभावक कृष्ण भाट क्षेत्रीले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको तिन दिने आधारभुत कुखुरा पालन तालिमले व्यवसाय गर्न एकदमै उत्प्रेरित गरेको र आफू पनि कुखुरा पालन व्यवसाय लाई व्यवस्थित गरि अझै बृद्वि गर्ने बताए।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको समाजिक बिकास तथा ग्राहक संरक्षण विभागमा कार्यरत कर्मचारी प्रशिक्षक सन्तोषी घिमिरे द्वारा तालिम प्रदान गरिएको थियो।समापन सत्रमा सन्तोषी घिमिरेले सदस्यहरु लाई व्यवसायीक बन्न र तालिमको सदुपयोग गर्न जोड दिनुभयो।उहाँले सदस्यहरु लाई व्यवसायीक बनाउन आवस्यक पर्ने हरेक तालिम छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गर्ने र सदस्यहरुले तालिमको सदुपयोग गर्नुपर्ने कुरा बताउनुभयो।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले देशै भरिका छिमेकमा आवद्व सदस्यहरु लाई व्यवसायीक तालिम दिदै सदस्यलाई व्यवसाय तर्फ जोड्दै आईरहेको छ।

•पुरा भिडियो:

Advertize US