बझाङ जिल्ला स्थित सडकहरू दसैँ अगाडी मर्मत गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

Image
Nisarga Hospital

अविरल वर्षासँगै आएको बाढी पहिरोले क्षति ग्रस्त मुख्य राजमार्ग र शाखा सडक खण्डहरू दसैँ अगावै मर्मत सम्पन्न गर्ने सम्बन्धित निकायलाइ निर्देशन दिएको छ । दसैँ, तिहार, छठ, जस्ता पर्वमा आवतजावत सहज बनाउन भत्किएका सडक निर्माण गर्न पालिकाहरूलाई जिल्ला प्रशासन कार्यालय बझाङले निर्देशन दिएको हो।

CP Hospital Dhangadhi

आज एक सूचना जारी गदै विभिन्न पालिकाका सडकहरू वर्षा सँगै आएको पहिरोले भत्किएर आवत जावत गर्न समस्या पर्न गएको भन्ने व्यापक गुनासो आउन थालेपछि सर्बसाधारणलाइ सहज बनाउन तत्कालै बाटोहरू मर्मतत गर्न अनुरोध गरिएको छ ।

Attariya Hospital

चाडपर्वको समयमा सबै जन्मथलो फर्कने भएकाले तत्कालै मुख्य तथा शाखा सडक खण्डहरू मर्मत गरी सहज आवागमनको व्यवस्था मिलाउने कार्यमा तदारुकताका साथ सहयोग समन्वय गरी दिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

nawajiwan

साथै आकस्मिक रूपमा सडक अवरुद्ध हुने परीस्थितीलाइ मध्यनजर गरी आफ्नो स्थानीय तहका मेसिनहरू तयारी अवस्थामा राख्न समेत जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।