कार्तिक १ गते देखि सिलदेवी मेला, तयारी अन्तिम चरणमा

Image
Nisarga Hospital

बझाङः कार्तिक १ गते पूणर्णिमाको दिनदेखि सुरु हुने सिलदेवी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ बझाङले आज पत्रकार सम्मेलन गर्दै मेलाको अवसरमा गरिने खेलकुद लगाएतका कार्यक्रमहरूको बारेमा पत्रकारहरूलाई जानकारी दिएको हो । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक, व्यापारिक सांस्कृतिक, एवं पर्यटकीय सिलदेवी मेलामा देउडा, भलिबल र कृषि प्रदर्शनी मेला हुने उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताउनुभयो ।

CP Hospital Dhangadhi

कार्तिक १ गतेबाट सुरु हुने सिलदेवी मेलाको अवसरमा सुरु हुने कार्यक्रमहरू कार्तिक ७ गते सम्म चल्ने छन् । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिता अन्तरपालिका स्तरीय हुने आयोजकले जनाएको छ । पुरुष भलिबल तर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१ रहेको छ , द्वितीय पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१ भने सान्त्वना पुरस्कार १२ हजार ८१ रुपैयाँ रहेको छ । पुरुष भलिबलका लागि टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।
यस्तै महिला भलिबलतर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, द्वितीय पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५ सय ८१ रहेको छ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ ।

nawajiwan
Attariya Hospital

पुरुष भलिबलमा ३० टिम र महिला भलिबलमा २० टिम सम्म पुग्ने अनुमान आयोजकले गरेको छ । स्थानीय भेषभूषा र देउडाको संरक्षणका लागि सिलदेवी मेलामा अन्तरपालिका महिला/पुरुष देउडा प्रतियोगिता आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ बझाङले देउडा संस्कृति जोगाउन स्थानीय वेशभूषा, मौलिकता र पहिरनमा देउडा प्रतियोगिता आयोजना गरेको हो । सहभागी देउडियाबाट प्रथम हुनेलाई, ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई १० हजार पुरस्कार रहेको छ ।

सिलदेवी मेलामा स्थानीय उत्पादन (कृषि मेला) प्रदर्शनी आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजना र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले मेलामा स्थानीय उत्पादनको प्रदर्शनी (कृषि मेला) आयोजना गरिएको हो । प्रदर्शनीमा किसानहरूले आफै उत्पादन गरेका रैथाने वस्तुहरूका स्टल राखिने उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष सुर्मेलीले बताउनुभयो । मेलामा १० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत देखाइने भएको छ ।