अत्तरियाको डिडिसि धनगढी सर्दै, अत्तरियामा सञ्चालित डिडिसीलाई नसार्न स्थानियको आग्रह (भिडियो सहित)

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध बितरण आयोजना धनगढी सार्न लागिएको छ । गोदावरी नगरपालिका(१ अत्तरिया स्थित कृषि उपज थोक बजार समितिमा रहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी दुग्ध बितरण आयोजना धनगढी सार्न लागिएको हो ।

CP Hospital Dhangadhi

ठाउँको अभाव देखाउदै उक्त डिडिसि धनगढी सार्ने खबर पाएपछि स्थानियले नसार्न आग्रह गरेका छन् । आज स्थानिय राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी, स्थानिय लगायतले आयोजना प्रमुखलाई भेटेर अत्तरियामा लामो समयदेखी सञ्चालन भईरहेको डिडिसीलाई धनगढी नसार्न आग्रह गरेका छन् । स्थानियहरुले हिजोका दिनमा आफ्नो ठाउँमा डिडिसि आउदा खुसी लागेको बताउदै अहिले सर्ने कुरा हुदा दुख लागेको बताए । उनिहरुले यहाँ स्थापित गर्न बिभिन्न समुन्वय र सहज गर्ने बताउदै कुनै हालतमा पनि डिडिसीलाई धनगढी नसार्न आग्रह गरे ।

nawajiwan

डिडिसिका आयोजना प्रमुख निरञ्जन भट्टराईले दुग्ध विकास संस्थानका लागि ठाउँ कम भएकाले धनगढी सार्न लागिएको बताए । उनले धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा संस्थानका लागि दुईतले बनेको घर र प्रयाप्तमात्रामा खाली ठाउ भएकाले सार्न लागिएको बताए । अत्तरियामा डिडिसिका लागि ठाउँ कम भएकाले काम गर्न समस्या भएको बताउदै उनले क्षमता बिस्तार गर्न धनगढीमा सजिलो हुने बताएका छन् । अहिले सटरमा कार्यालय सञ्चालन गरिरहेको बताउदै आयोजना प्रमुख भट्टराईले काम गर्न र गाडि पार्किङ्ग लगायतका बिभिन्न समस्याहरु रहेको बताए । धनगढीमा मेयर गोपाल हमाल बिरामी भएकाले सम्झौता गर्न रोकिएको उनले बताए ।

गोदावरी नगरपालिकाका नगरप्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपालदत्त भट्टले सहजीकरण र सहकार्यका लागि गोदावरी नगरपालिका तयार रहेको बताउदै उनले अत्तरियामा रहेको डिडिसिलाई यही ठाउँमा सञ्चालन गर्नुपर्ने बताए । उनले नगरपालिका संग आफ्नै भोगचलनमा जग्गा नभएकाले चाहना सामुदायिक वनमा राख्नका लागि कुरा अगाढी बढाउने बताए ।

Attariya Hospital

यस्तै स्थानिय युवा नेता लोकराज पाण्डेय (आगो)ले केही बर्ष अगाडी नन्दलाल भट्टको समुन्वयमा अत्तरियामा हाट बजार आउने कुरा भएपछि चाहना सामुदायिक वनमा हाट बजारका नाममा जग्गान दिएको बताउदै उनले अहिले सोही जग्गामा दुधडेरी पनि सञ्चालन गरिएको बताए । तर अहिले यो डेरी धनगढी जान लागेकाले दुख लागेको बताए । उनले कुनैपनि हालतमा अत्तरियाको डिडिसि धनगढी लैजान नदिने बताएका छन् ।

७ कठ्ठा जति जमिनमा रहेको दुग्ध बितरण आयोजनाले अत्तरियामा अहिले २५ हजार ६ सय ८० रुपैया भाडा तिरिरहेको छ । ६ हजार किसान डिडिसिबाट लाभान्वित छन् । डिडिसिको धनगढि मुख्य बजार रहेको छ भने अत्तरिया दिपायल, डडेल्धुरा र टिकापुर बजार रहेका छन् ।

डिडिसिबाट दुध, दहि, पनिर, घ्यु र लस्सी बन्ने गरेको छ भने आगामि दिनमा आईसक्रिम बनाउने योजना रहेको डिडिसिका आयोजना प्रमुख भट्टराईले बताए । उनले हाल १६ जना अस्थायी र १३ स्थायी गरी ३० जना कर्मचारी काम गरिरहेको बताएका छन् ।

देशका सबै ठाउमा डिडिसिको आफ्नै भवन र जग्गा रहेको बताउदै आयोजना प्रमुख भट्टराईले यता मात्रै भाडामा भएकाले त्यसमा पनि कम ठाउँ भएकाले समस्या भएको बताएका छन् ।