टीकापुर जग्गा अनियमितता प्रकरण: ८७ दोषी ठहर, कैद र जरिवाना

Image
Nisarga Hospital

विशेष अदालत काठमाडौंले टीकापुर नगर विकास समितिसँग सम्बन्धित जग्गा अनियमितता प्रकरणमा संलग्न ८७ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ। अदालतको इजलासमा अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको संयुक्त इजलासले यो फैसला सुनाएको हो।

CP Hospital Dhangadhi

विशेष अदालतका अनुसार नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी र उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद र १३ लाख ७ हजार ३०० रुपैयाँ जरिवाना तोकिएको छ।

दोषी ठहर ८७ जनालाई तीन महिना कैद र १३ लाख ७ हजार ३०० रुपैयाँ जरिवाना।
श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द, र जयबहादुर विष्टलाई तीन महिना कैद र जरिवाना।
सफाइ पाउनेहरू
केशरबहादुर कुँवर र राजु आचार्यलाई अदालतले सफाइ दिएको छ।

सरकारी जग्गा जफतको आदेश
विशेष अदालतले गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएका सम्पूर्ण जग्गा जफत गरी नगर विकास समितिको नाममा राख्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमिततासम्बन्धी माघमा मुद्दा दायर गरेको थियो। आरोपितहरूले नक्कली रसिद प्रयोग गरी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको थियो।

अदालतले दोषीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) अनुसार सजाय सुनाएको हो।

विशेष अदालतले यो फैसलाले सार्वजनिक सम्पत्ति दुरुपयोगमा संलग्नलाई कानूनी कारबाहीबाट जोगिन नसकिने सन्देश दिएको बताएको छ। अदालतले नगर विकास समितिको भूमिकामा सुधार र सरकारी सम्पत्तिको संरक्षणमा जोड दिएको छ।