
सडक पार गर्ने क्रममा अटोरिक्साको ठक्करबाट एक महिला घाइते भएकी छन्। साँफेबगर नगरपालिका–७, रिडिकोट निवासी ५५ वर्षीया जनक शाह घाइते भएको प्रहरीले जनाएको छ।

घाइते शाहको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरीले जानकारी दिएको छ।

अछाम प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार घटना शुक्रबार दिउँसो करिब २ बजे भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























