धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा अनेरास्ववियुको आफ्नै दावी

Image
Nisarga Hospital

अहिले देश भरीमा नै स्ववियुको माहोल बनी रहेको छ। यसै अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ऐश्वर्या बहुमुखी क्याम्पसमा पनि चैत्र ५ गते स्वबियु निर्वाचन हुने भएको छ।

CP Hospital Dhangadhi

ऐश्वर्या बहुमुखी क्याम्पसमा विभिन्न संगठन बाट उमेदवार हरुले मनोनयन दर्ता गरेको छ। अनेरास्ववियुको तर्फ बाट अध्यक्षमा दिपेन्द्र भट्ट (दिपेन) ले उमेदवारी दर्ता गरेका छन्। विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भट्ट अहिले अनेरास्ववियु प्रदेश कमिटी सदस्य र निवर्तमान स्ववियु सचिव समेत हुन्। उनको टीम बाट सचिवमा प्रदीप खड्का,कोषाध्यक्षमा जुनु चौधरी र समानुपातिक उपाध्यक्षमा उमेश बम रहेका छन्।

Attariya Hospital

‘हाम्रो जित सुनिश्चित छ,हामीले विगत लामो समयदेखि विद्यार्थीका हक अधिकार र विद्यार्थीका निम्ति विद्यार्थी सँगै सधै रहेर काम गर्दै आएका छौँ र विद्यार्थीहरुले हामीलाई अमुल्य मत दिएर जिताउँछन् भन्नेमा म ढुक्क छु ‘ अध्यक्ष पदका उम्मेदवार भट्ट भन्छन् ।

nawajiwan