दिगो बन ब्यबस्थापनका नाममा व्यापक आर्थिक चलखेल , मुख्यमन्त्री सम्मकाे नाम मुछे

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रदेशमा दिगो बन ब्यबस्थापनका नाममा ठुलो आर्थिक चलखेल भइरहेको खुलेको छ । प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री, कर्मचारी, काठ व्यापारी, लगायतको साँठगाँठमा दीगो बन व्यवस्थापन कार्यविधि पारित गरेर करोडौ आर्थिक चलखेल हुन थालेको खुलासा भएको छ ।
कैलाली, कन्चनपुर लगायत सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रहेका ढलापडा काठ ब्यबस्थापनका नाममा ठूलो आर्थिक चलखेल गर्नेगरी केही दिनअघि उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी सहित सचिवालयका कर्मचारी र काठ व्यापारी र विचौलियाहरुले योजनाबारे छलफल गरेको तथ्य फेला परेको छ । मन्त्री सहितको छलफलमा दीगो बन व्यवस्थापनको कार्यविधि निर्माण, कामको सेटिङ, लाभको हिस्सेदारी लगायतका बारेको अडियो प्राप्त भएको छ ।

CP Hospital Dhangadhi

उक्त अडियाे अनुसार बिभागिय मन्त्री चाैधरी देखि मुख्यमन्त्री र नागरिक उन्मुक्तिका केन्द्रीय नेतालाई समेत याे कार्यबिधि पास गर्न आर्थिक हिस्सा दिनुपर्ने उल्लेख छ । अडियाे अनुसार एक जना अपरिचित ब्यक्तिले मन्त्रीलाई याे कार्यबिधि चाँडै तयार गरि पास गर्न आग्रह गर्दछन । मन्त्री चाैधरी पनि आईतबार सम्म फाईनल गर्ने बताउँछन तर फेरि ती अपरिचित ब्यक्तिले शनिवार भएपनि वाेलाएर टुङ्ग्याउन आग्रह गर्छन त्यसपछि मन्त्री पनि त्यसै गर्ने बताउछन ।
मन्त्री चाैधरीले २५-३० चाहिने बताउछन । जसमा ५ मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताउँछन । त्याे रकम कराेड हाे या लाख त्याे अडियाेमा प्रष्ट खुलेकाे छैन ।
ती अपरिचित ब्यक्ति भन्छन याे ठुलाे रकम हाे हजुर । मन्त्रीकाे जवाफ छ के ठुलाे हुनु मुख्यमन्त्री, पार्टिका नेता सबैलाई मिलाउनु पर्छ , राजनिति गर्न कहाँ सजिलाे छ र ? साथै मन्त्री चाैधरी भन्छन काठमाण्डाै गएर रेशम नभए रन्जितालाई भेटेर कुरा मिलाउँछु ।

Attariya Hospital

अडियाेमा कर्मचारी सरुवामा पैसा लेनदेन देखि खाममा डेढ लाख दिने सम्मका कुरा सुनिएका छन । त्यस्तै, गठबन्धन सरकार भएकोले भर नहुने र तीन महिनाभित्रै काम पुरा गर्नुपर्ने खालका कुराकानी भएको पनि स्पष्ट सुनिएको छ ।

nawajiwan