
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।


शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको हिंसात्मक प्रदर्शनलाई उक्साउने भूमिका खेलेको आरोपमा सरकारले उक्त प्रक्रिया अघि बढाएको हो।
दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनाको छानबिन अघि बढेसँगै शाहलाई देशबाट भाग्न नदिन सरकारले राहदानी रद्द गर्न लागेको बताइएको छ।































