
भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ।

खुला सीमाका कारण कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकाका नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणसँगै सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाएको छ। साथै, सीमा भएर आवतजावत गर्ने मानिसहरूको कडाइका साथ जाँच गरेर मात्र प्रवेश अनुमति दिइएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए।































