
मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार यसै सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबार पनि तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ।




























