नेपाली बजारमा पेट्रोल, डिजेलकोय मूल्य घट्यो, एलपी ग्यास यथावत्, कतिमा हुदै छ त कारोबार ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले कमी गरिएको हो।

CP Hospital Dhangadhi

हवाई इन्धनको मूल्यमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २९ ले घटाइएको निगमले जानकारी दिएको छ।

पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा कायम गरिएको छ। यद्यपि, एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।