
काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो।

चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १ हजार ९१५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले वृद्धि भई १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
































