गर्मी मौसममा पनि अण्डाको माग बढी, उत्पादनमा गिरावट, मूल्य चुलिँदै!

Image
Nisarga Hospital

गर्मीको चपेटामा परेका कुखुराहरूले दाना कम खान थालेपछि अण्डाको उत्पादनमा तीव्र गिरावट आएको छ। गर्मीका कारण अण्डाको आकार सानो र सङ्ख्या घट्दै जाँदा बजारमा आपूर्ति घटेको छ भने माग भने उल्टो बढ्दो क्रममा छ।

CP Hospital Dhangadhi

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अत्यधिक तापक्रमले कुखुरामा तनाव बढाएर अण्डा उत्पादनमा २५ प्रतिशतसम्म गिरावट ल्याउँछ। यो अवस्थामा रोगको जोखिम पनि उच्च हुने भएकाले अवस्था थप जटिल हुने उनको चेतावनी छ।

नेपाल कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अघिल्लो महिनासम्म ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा हाल दैनिक उत्पादन २८ हजार कार्टुनमा झरेको छ। उत्पादन घट्नुको मुख्य कारण हो—गर्मी, दानाको महँगी र अण्डाको घट्दो मूल्यले किसानहरू कुखुरा बेच्न बाध्य हुनु।

माग भने विद्यालय, कलेज र पर्यटकहरूको चापसँगै उच्च छ। यसले गर्दा अण्डाको मूल्य क्रमशः चुलिँदै गएको छ। अहिले एक्सएल अण्डाको मूल्य प्रति क्रेट ४६० रुपैयाँसम्म पुगेको छ।

यदि अवस्था सुधार भएन भने बजारमा अण्डाको अभाव हुने निश्चित देखिन्छ, जसले उपभोक्तालाई प्रत्यक्ष असर गर्नेछ। उत्पादन बढाउने दीर्घकालीन रणनीति नबनाए ठूलो संकट आउन सक्छ।