
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य वृद्धि भई सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको हो।

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको मूल्यमै कायम छ। आइतबार तोलामा १ हजार ९१० रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ।




























