नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ५,३०० रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले वृद्धि भई १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ थियो। यति ठूलो वृद्धिले बजारमा सुनको मूल्य नयाँ उच्चतर्फ उक्लिएको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। सोमबार तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।