
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा मूल्य बढ्दै कारोबार भएको हो।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ पुगेको छ। मंगलबार सो मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने स्थिर छ। मंगलबार तोलाको १ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार पनि यथावत् रहेको महासंघले जनाएको छ।




























