
सुदूर पश्चिम नेपाली समाज बाल्टिमोर अमेरिकाको आयोजनामा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरलाई स्वागत तथा भेटघाट कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

अमेरिकाको मेरिल्याण्डमा रहेको सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष बिक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायर रहनु भएको थियो भने सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमन शाह , समाजका सल्लाहकार भिम बि.क. ,बानाका बरिष्ठ उपाध्यक्ष जनक थापा विशिष्ट अतिथि रहनु भएको सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका सचिब बिनोद कुवँरले बताउनु भयो ।

कार्यक्रममा हिन्दु बुद्ध मन्दिर मेरिल्याण्डका सचिव तरुण पौडेल, समाजसेवी शर्मिला बलायर, नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका राजेन्द्र सेन्चुरी,मोहन बानिया लगायत रहनु भएको थियो ।































