सुनको मूल्य तोलामा १४०० रुपैयाँले वृद्धि, चाँदी स्थिर

Image
Nisarga Hospital

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य भने स्थिर देखिएको छ। महासंघका अनुसार शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।