
सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दलहरूले गर्दै आएको अवरोध हटेको छ। प्रदेश सभा सञ्चालनको विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच सहमति कायम भएपछि अवरोध हटाइएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले प्रतिपक्षले उठाएका समसामयिक विषयहरूबारे छलफल गर्न सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ।
समितिमा नेपाली काँग्रेसबाट पदमबहादुर शाही, नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल र चक्र मल्ल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीबाट इन्दिरा गिरी, नेकपा एकीकृत समाजवादीबाट नरेशबहादुर शाही, राप्रपाबाट खीमादेवी बिष्ट र स्वतन्त्र सांसद डा. तारा जोशी सदस्य रहेका छन्।
सहमति पश्चात् प्रदेश सभा बैठक हाल जारी रहेको छ।



























