
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २,९०० रुपैयाँले बढेको छ।

यस अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन, सोमबार, छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ। मंगलबार चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ पुगेको छ, जुन सोमबार एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँग सँगसँगै घटबढ हुने गरेको महासंघले जनाएको छ।




























