शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि

Image
Nisarga Hospital

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँमा कायम भएको छ, जुन बिहीबारको मूल्यसँग समान छ।

CP Hospital Dhangadhi

त्यस्तै, छापावाल सुनको १० ग्रामको मूल्य १ लाख ६६ हजार ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्यमा भने वृद्धि भएको छ। बिहीबार तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँमा पुगेको हो।

सुनको मूल्य स्थिर रहँदा चाँदीमा आएको यो वृद्धिले बजारमा चाँदी कारोबारमा केही सक्रियता देखिएको व्यवसायीहरूको भनाइ छ। मूल्य घटबढ अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग आपूर्तिका आधारमा हुने गरेको छ।