
आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ रहेकोमा आइतबार ३ हजार रुपैयाँले घट्दै १ लाख ९० हजार ७ सय रुपैयाँमा झरेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले घटेर २ हजार १ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।




























