देशभरका यी ५ प्रदेशमा मनसुन सक्रिय हुदै गर्दा तीन प्रदेशमा भारी वर्षाको सम्भावना, महाशाखाको सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

देशभर अहिले मनसुनी, पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र मधेस प्रदेशका विभिन्न भागमा यसको असर प्रष्ट रूपमा महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावनासमेत देखिएको छ।

Attariya Hospital

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशमा केही स्थानहरूमा भारी वर्षाको सम्भावना यथावत् रहेको छ।

nawajiwan

मौसमी अवस्था र सम्भावित जोखिमका आधारमा महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी ती क्षेत्रका नागरिक, यात्रु, किसान र यातायात क्षेत्रका कर्मचारीहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।