नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि, चाँदीमा पनि सामान्य वृद्धि

Image
Nisarga Hospital

सप्ताहको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कायम भएको हो।

CP Hospital Dhangadhi

१० ग्रामको आधारमा हेर्दा आइतबार छापावाल सुनको मूल्य १ लाख ६७ हजार ३५५ रुपैयाँ पुगेको छ।

महासंघले दिएको जानकारीअनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागको आधारमा सुनको मूल्यमा दैनिक परिवर्तन भइरहेको छ। तीज पर्व र वैवाहिक सिजन नजिकिँदै गर्दा बजारमा सुनको माग क्रमशः बढ्न थालेको व्यवसायीहरू बताउँछन्।

यसैबीच आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले बढेर तोलाको २ हजार १६० रुपैयाँमा पुगेको छ।

महासंघले सुनचाँदीको कारोबार गर्दा प्रमाणित बिल प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।