
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन आइतबारकै मूल्यमा अर्थात् तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम रहेको छ।
चाँदीको मूल्य भने आइतबारको तुलनामा १० रुपैयाँले बढेको छ। आइतबार तोलामा २ हजार १६० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार २ हजार १७० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।




























