धनगढी ५ मा रहेको पञ्चोदय माविमा लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना

Image
Nisarga Hospital

अत्तरिया: धनगढी उपमहानगरपालिका–५ मा अवस्थित पञ्चोदय माध्यमिक विद्यालयमा लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका–५ को आर्थिक सहयोगमा पहिलो आरम्भ पुनःस्थापना केन्द्रले कार्यक्रमको आयोजना गरेको हो। केन्द्रका सञ्चालक टंक क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ५ का कार्यवाहक अध्यक्ष दत्तुराम पाण्डे प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै पाण्डेले लागू औषधको भयावह अवस्था रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमहरूले यस समस्याको न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले खुला सिमाना र सजिलो पहुँचका कारण धनगढी क्षेत्रमा लागू औषधको प्रयोग दिनानुदिन बढ्दै गएको बताउँदै यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।

nawajiwan

Attariya Hospital

पञ्चोदय माविका सह–प्रधानाध्यापक गंगाराम ओझाले विद्यार्थीहरूलाई लागू औषधको असरबारे सचेत गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले यसले विद्यार्थीहरूलाई बचाउने मात्र नभई समाजमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–५ स्थित सामुदायिक अस्थायी प्रहरी बिटका “प्रहरी.व.ह” गजेन्द्र सिंह रावल, गोपाल जोशी, पिन्कु राठोर र बासु साउदले प्रशिक्षण दिएका थिए।

प्रशिक्षक गोपाल जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि यशोदा मिश्र भण्डारी वडा सचिव भमरा कुमारी छेडाल , प्रहरी , विद्यालयका शिक्षक सहित १ सय २५ बढी विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।