बडीकेदार धाम मेला जान श्रद्धालुका लागि सातवटा निःशुल्क बस सञ्चालन हुने

Image
Nisarga Hospital

धनगढीः डोटीको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक बडीकेदार धाम मेला २०८३ मा सहभागी हुने श्रद्धालु भक्तजनका लागि धनगढीबाट निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ।

CP Hospital Dhangadhi

पूर्व वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा मेलामा जाने भक्तजनको सुविधाका लागि सातवटा बस निःशुल्क सञ्चालन गर्न लागिएको हो।

निर्धारित तालिकाअनुसार बसहरू मंसिर ६ गते बिहान ८ बजे धनगढीका विभिन्न स्थानबाट बडीकेदार धामका लागि प्रस्थान गर्नेछन्। मंसिर ७ गते साँझ ४ बजे बडीकेदार धाम पार्किङ स्थल तथा अन्तरकाँडा बजारबाट धनगढीका लागि फर्कने व्यवस्था मिलाइएको छ।

बस सेवा धनगढीको फूलबारी डीपीओ बजार, शहीद गेट, क्याम्पस चोक, हसनपुर पीपल चौतारा, धनगढी बसपार्क र राजपुर चोकबाट उपलब्ध हुनेछ। हसनपुर पीपल चौताराबाट दुईवटा बस सञ्चालन हुनेछन् भने अन्य स्थानबाट एक–एक वटा बस छुट्नेछन्।

मेलामा सहभागी हुन इच्छुक भक्तजनले सूर्यप्रसाद श्रेष्ठ (९८५८४२४६५१०), नवराज बिनाडी (९८५८४२११७१) र धिमलाल जोशी (९८५१२२७३२४) सँग सम्पर्क गरी निःशुल्क बस सेवाबारे जानकारी लिन तथा सेवा उपयोग गर्न सक्ने जनाइएको छ।

धार्मिक आस्था बोकेर बडीकेदार धाम पुग्ने श्रद्धालु भक्तजनलाई सहज आवतजावतको व्यवस्था मिलाउने उद्देश्यले निःशुल्क यातायात सेवा सञ्चालन गर्न लागिएको हो।