नेपालमा फेरि आकाशियो पेट्रोलियम पदार्थको मूल्य ! एक पटक बढ्यो पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राति निगमले जारी गरेको सूचना अनुसार मूल्य समायोजन मंगलबार (असार १८) राति १२ बजेदेखि लागू हुनेछ।

CP Hospital Dhangadhi

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि भई नयाँ मूल्य निर्धारण गरिएको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाइएको छ।

Attariya Hospital

यसका साथै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

nawajiwan

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको बढोत्तरी तथा चालू लागत समायोजन गर्नुपर्ने कारण मूल्य समायोजन गरिएको जनाएको छ।