सबैको धार्मिक आस्था र श्रद्धा रहेको “सिगास धाम मन्दिर”

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिका धार्मिक पर्यटनको उच्च सम्भावना बोकेको गाउँपालिका हो । उसो त बैतडी जिल्लामा सात भाइ केदार र सात बैनी भगवतीका मन्दिर भएकाले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको छ । यसैगरी जिल्लाको सिगास गाउँपालिकाको नामाकरण पनि मुख्य धार्मिक क्षेत्र सिगास धामकै नामबाट नामाकरण गरिएको छ । जिल्लाको सबैभन्दा अग्लो ठाउँमा अवस्थित सिगास धाम सिगास गाउँपालिकामा पर्दछ । सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले त्यहाँ टाढाटाढाबाट समेत भक्तजनहरु पुग्ने गरेका छन् ।

CP Hospital Dhangadhi
तस्बिर: राजेन्द्र सिंह साउद/श्रावण महिनामा सिगास धाम मन्दिरमा पूजाआजा गरिँदै

बैतडी जिल्लाको साविकको सिगास गाविस र गाँजरी गाविस (हाल सिगास गाउँपालिका वडा नं. २, ४ र ८ को ) विचमा अवस्थित एक ऐतिहासिक तथा धार्मिक स्थल हो । सिगास गाउँपालिका मन्दिरै मन्दिर भएको क्षेत्र पनि हो जहाँ दर्जन बढी मन्दिर रहेका छन् । यसरी “कुम्भको केदार ठूलो शिरको शिगास ठूलो” भनेर भनिएको ऐतिहासिक प्रमाण पाइन्छन्। उसो त समुन्द्री सतहबाट २ हजार २ सय ४९ मिटरको उचाइमा डाँडाको टुप्पोमा सिगास धाम मन्दिर अवस्थित छ ‌ ।

nawajiwan

सिगास मन्दिर आफैमा एक सुन्दर हरियाली प्रकृतिको काखैमा अवस्थित मन्दिर हो । जुन मन्दिर बाट हिमालका उच्च हिम श्रृंखलाहरु, पहाडका उच्च डाँडाकाँडा भिरपाखा हरु, तराइका सम्म भु-भाग हरु र भारतको उत्तराखण्ड, कुमाउ, नैनिताल समको अवलोकन गर्न सकिन्छ। साथै उक्त मन्दिरबाट डडेलधुरा जिल्लामा अवस्थित सुदूरपश्चिमको ऐतिहासिक मन्दिर उग्रतारा भगवती माताको पनि दर्शन गर्न सकिने विश्वास गरिन्छ ।

सिगास धुरा बैतडी जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो । सिगास गाउँपालिका, वडा नं. २ गाँजरी हुदै कुर्चेनेटा सम्म अहिले कच्ची सडक पुगेको छ । त्यहाँबाट पैदल हिँडेर सिगास धुरा पुग्न सकिन्छ ।

तस्बिर: राजेन्द्र सिंह साउद/श्रावण महिनामा सिगास धाम मन्दिरमा पूजाआजा गरिँदै ।

परापूर्वकालमा कैलाशबाट भगवान शिव भगवान सिगास धुरामा आएका जनविश्वास रही आएको छ । बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्वदन्ती रहेको स्थानिय जानकारहरु बताउँछन् ।

परापूर्व कालमा जुन बेला शिगास धुरा (शिगास मन्दिर रहेको ठाउँ) मा भगवान शिवजीको बास भयो त्यसैबेला देखि शिरको शिगास मन्दिर भएको किम्बदन्ती रहेको छ । विशेषगरी शिगास मन्दिर वरपरको वातावरण सुन्दर हरियाली सहितको घनघोर जंगल रहेको छ। एक सर्भेक्षणले देखाएको विवरण अनुसार उक्त जंगलमा औषधीजन्य २५ प्रकारका जडिबुटीहरू पाइने बताइएको छ।

सिगास धुरा धामको धेरै ठूलो महत्व रहेको छ । सिगासको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् । ’सिगास धुरामा हरेक बर्ष असोज शुक्ल पक्षको पञ्चमीदेखि पूजा लागेर असोजको शुक्ल अष्टमीमा जात्रा हुने गर्दछ ।

Attariya Hospital

यस्तै चैत्राष्टमीमा पनि मन्दिरमा जात्रा हुने गरेको छ सिगास धुरामा साउनको महिनामा भगवान शिवको विशेष पूजाआजा गर्न विशेष गरी सिगास गाउँपालिका अन्तर्गतका सबै वडाका भक्तजन, बसाई सराई गरी तराइका जिल्लामा गएका सिगास बासी श्रदालु भक्तजन सहित डडेलधुरा, बझाङ जिल्लाका बिभिन्न ठाउँ सहित भारतको उत्तराखण्ड राज्य अन्तर्गत झुलाघाटका श्रदालु भक्तजन पनि जात्रा र पूजाआजाको समयमा विशेष गरी आउने गर्दछन् ।

देवी-देवतामा आस्था राख्ने धर्म संस्कृति प्रति विश्वास गर्ने श्रदालु भक्तजनहरु विशेष गरी निसन्तान, बाझोपन, चर्मरोग लगायतका अन्य रोगहरूको नाश गर्ने सामर्थ्य शिव भगवानमा भएको हुँदा उक्त समस्या भएका श्रदालु भक्तजनहरूको विशेष भिड लाग्ने गर्दछ।

♦ धार्मिक महत्व बोकेको सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासमा निरन्तरता 

धार्मिक महत्व बोकेको सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सिगास गाउँपालिकाले योजना बनाएको छ । सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले गुरुयोजना बनाएर काम अघि बढिसकेको गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीको भनाइ छ ‌ । उनले भने ‘गाउँपालिकाको मात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल सिगास धुराको गुरुयोजना बनाएर काम सुरु गरेका छौं । त्यहाँ पुग्ने बाटो लगायत अन्य पूर्वाधार निर्माणका लागि हामीले गुरुयोजना बनाएर काम गरिरहेका छौं ।’ ‘सिगास धुरा धामलाई प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गर्नका लागि सिगास गाउँपालिकाले पहल गरिरहेको छ ।’’

यो क्षेत्रको अगाध श्रद्धास्थलको रुपमा रहेको सिगास धामको संरक्षण र प्रचारप्रसारका लागि काम गरिरहेको एवम् सिगास धामको महत्व मात्रै हामीले बुझाउने धार्मिक पर्यटकहरुको यो रोजाइको केन्द्र बन्न सक्छ अध्यक्ष धामीले भने ।’ सिगास धुरालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले बताए । धार्मिक पर्यटकहरु भित्र्याउन सके यो क्षेत्रका आर्थिक स्थितीमा समेत सुधार आउने उनले बताए ।

अस्थाको धरोहर

जिल्लाको दुर्गम पालिका भनेर चिनिने सिगासमा सिगास धाम प्रति भने स्थानीयहरुको अगाध श्रद्धा रहेको पाइन्छ । सिगास धुरा धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । ‘सिगास धुराको दर्शन गरेमा अहिले सम्म मनोकामना पूर्ण भएको छ । शुद्ध मनले सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’सिगासको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।