श्रोतमै फोहोर वर्गीकरण गरिएमात्र समस्या समाधान सम्भव छ – प्रमुख प्रशासकीय अधिकृत विनाडी

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले फोहोरमैला व्यवस्थापन एक जटिल र चुनौतीपूर्ण विषय भएको बताउँदै, यसको दिगो समाधानका लागि श्रोतमै फोहोर वर्गीकरण आवश्यक रहेको धारणा राखेका छन्।

CP Hospital Dhangadhi

आईतबार गोदावरी नगरपालिका, तेघरीमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी तालिम तथा छलफल कार्यक्रममा बोल्दै उनले फोहोर संकलन सवारी साधनको तालिका नियमित र कडाइका साथ लागू गर्न सकेमा व्यवस्थापन सहज हुने उल्लेख गरे। नसड्ने र सड्ने फोहोर छुट्याएर संकलन गर्न थालेपछि समस्या क्रमशः हल हुने उनको भनाइ छ।

nawajiwan

विनाडीले जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने व्यवस्था गर्दै, सो जरिवानाबाट उठेको रकमको केही हिस्सा टोलस्तरीय समितिलाई दिने योजना बनाइएको बताए। त्यस्तै जैविक मललाई कृषक समूहलाई अनुदानमा वितरण गर्ने, विद्यालयहरूमा सेनेटरी प्याड डिस्पोजल मेसिन राख्ने लगायत कार्यक्रममार्फत सफा र वातावरणमैत्री नगर बनाउने लक्ष्य रहेको उनले बताए।

Attariya Hospital

कार्यक्रममा सरोकारवाला निकाय, वडाध्यक्ष, कर्मचारी र कार्यपालिका सदस्यहरूको सहभागिता थियो। कार्यक्रम ग्रीन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रालिको सहजीकरण र सिचुन प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लि.को निर्माण व्यवसायिक सहयोगमा सम्पन्न भएको हो।

सम्बन्धित समाचार !

गोदावरीमा अत्याधुनिक फोहोरमैला केन्द्र संचालनको तयारी, सरोकारवालाबीच गहन छलफल

जनप्रतिनिधिले मात्र होइन, नागरिकको सहभागिताले मात्रै सफा शहर सम्भव छ- नगरप्रमुख भट्ट