बयलपाटा अस्पतालका लागि ५७ जनशक्ति माग, भदौ २३ सम्म आवेदन दिन सकिने

Image
Nisarga Hospital

अछाम: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछामस्थित बयलपाटा प्रादेशिक अस्पतालका लागि करार सेवाबाट जनशक्ति भर्ना गर्न खुला आवेदन आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कुल ५७ पदका लागि दरखास्त माग गरिएको हो।

CP Hospital Dhangadhi

भदौ १ गतेदेखि प्रदेश सरकारको मातहतमा सञ्चालनमा आएको बयलपाटा अस्पताललाई सबल बनाउन चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, व्यवस्थापक तथा प्रशासनिक सहयोगीसम्मका पदका लागि विज्ञापन गरिएको मन्त्रालयले जनाएको छ।

माग गरिएका पदहरूमा एमडि, फिजिसियन, सर्जन, एनेस्थेसिया, अप्थाल्मोलोजी, गायनाकोलोजी, पेडियाट्रिक, महिला स्वास्थ्य अधिकृत, डेन्टल सर्जन, अस्पताल व्यवस्थापक, ल्याब टेक्निसियन, फार्मेसी अफिसर, स्टाफ नर्स, एनेस्थेटिक सहायक, रेडियोग्राफर, कम्प्युटर अपरेटर, हेल्थ असिस्टेन्ट, आयुर्वेद सहायक र सामुदायिक स्वास्थ्य अधिकृतलगायत पदहरू रहेका छन्।

nawajiwan
Attariya Hospital

योग्यता अनुसार अधिकांश स्वास्थ्य पदका लागि सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल स्वास्थ्य व्यवसाय परिषद् वा सम्बन्धित परिषद्बाट दर्ता प्रमाणपत्र अनिवार्य रहनेछ। अस्पताल व्यवस्थापकका लागि भने हेल्थ केयर म्यानेजमेन्ट वा हस्पिटल एड्मिनिस्ट्रेसनमा मास्टर डिग्री आवश्यक हुनेछ।

आवेदन फारम तोकिएको ढाँचामा भरि मन्त्रालयको इमेलमार्फत पठाउनुपर्नेछ भने अन्तिम मिति आगामी भदौ २३ गते तोकिएको छ। छनोट प्रक्रिया लिखित परीक्षा वा अन्तर्वार्ता तथा दुवै विधिमार्फत हुने मन्त्रालयले जनाएको छ।