
कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरिया बजारमा जुवा खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मालाखेती इलाका प्रहरी कार्यालयका डीएसपी रणबहादुर चन्दका अनुसार २०८२ भदौ ४ गते राति ११ः३० बजेतिर गोप्य सूचनाका आधारमा गरिएको प्रहरी कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको हो।

३० वर्षीय टेक मन्नीले सञ्चालन गरेको चाइनिज कर्नर सेन्टरको कोठाभित्रबाट जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुई लाख पाँच हजार रुपैयाँ नगद समेत बरामद भएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
































