नेपालीलाई प्रलोभनमा भारत पुर्याई मिर्गौला बेच्ने गिरोहका मुख्य नाइके पक्राउ

Image
Nisarga Hospital

सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई एक सयभन्दा बढी नेपालीलाई भारत पुर्याई मिर्गौला बेच्ने आरोपमा कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ‘अपरेसन लाइफ सिल्ड’ अन्तर्गत पक्राउ गरिएको भण्डारीले नेपालका विभिन्न जिल्लाका विपन्न व्यक्तिलाई प्रलोभन देखाएर दिल्ली पुर्याउने, होटेलमा राख्ने र बेहोस बनाएर मिर्गौला निकाल्ने गरेको खुलेको छ।

CP Hospital Dhangadhi

प्रारम्भिक सोधपुछमा भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग समन्वय गरेर कम्तिमा २५ व्यक्तिको मिर्गौला निकालेर पैसा लिएको स्वीकार गरेका छन्। तर प्रहरीले भण्डारी एक सयभन्दा बढी व्यक्तिको मिर्गौला बेचबिखनमा संलग्न भएको जानकारी पाएको छ।

Attariya Hospital

भण्डारी र उनको टोलीले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाका विपन्न व्यक्तिलाई दिल्ली पुर्याउने र प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने प्रलोभन देखाउने गरेको खुलेको छ। ती व्यक्तिहरूलाई होटेलमा राखी, आँखामा पट्टी लगाएर अज्ञात स्थानमा लिएर इन्जेक्सनद्वारा बेहोस गराइ मिर्गौला निकालिने गरिएको थियो। मिर्गौला निकालिसकेपछि अस्पतालमा ३–४ दिन राखी नेपाल फर्काइने व्यवस्था गरिएको थियो।

nawajiwan

यस घटनामा कम्तीमा ५ जना पीडितले जाहेरी दिएका छन् भने प्रहरीले चार वटा मुद्दा दर्ता गरेको छ। भण्डारी तीन वर्षदेखि लाजपत नगर, दिल्लीमा बसोबास गर्दै आएका थिए।