दशैंमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य, नागरिक सहायता कक्ष स्थापना

Image
Nisarga Hospital

दशैंको समयमा यात्रु सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक सवारीमा कम्तीमा दुई चालक राख्न अनिवार्य गरिएको छ। यातायात व्यवस्था विभागले मंगलबार बसेको सरोकारवालाको बैठकमा लामो दूरीमा सञ्चालन हुने सवारीमा यात्रुबाहेक कम्तीमा दुई जना चालक अनिवार्य राख्ने निर्णय गरेको हो। यसले चालकको बदलाब सहज हुने र दुर्घटना रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

निर्णय अनुसार १८ वर्ष पूरा नभएका व्यक्तिलाई चालकको रूपमा काममा लगाउन पाइने छैन। साथै, उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहजता प्रदान गर्न नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धार तथा काभ्रेको साँगामा सिप्रदी/नाडाको सहयोगमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ।

Attariya Hospital

चाडपर्वको समयमा यात्रुबाहक सवारीमा चाप अत्यधिक बढ्ने र सडक दुर्घटना हुने जोखिम बढ्ने भएकाले प्रभावकारी अनुगमन र निगरानीको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ। प्रहरीले सार्वजनिक सवारी सञ्चालनमा नियम पालना भइरहेको छ कि छैन भन्ने अनुगमन गर्नेछ। यसले यात्रु सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

nawajiwan