आज सूर्य ग्रहण लाग्दै ! नेपालबाट नदेखिने भएकोले सुतक नलाग्ने

Image
Nisarga Hospital

अत्तरियाः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै सुतक नलाग्ने स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

आश्विन कृष्ण औँसीका दिन पर्ने यस सूर्यग्रहणबारे वैदिक सनातन धर्मावलम्बीहरूले सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कहिलेदेखि लाग्छ भन्ने जस्ता प्रश्न सोधेकाले नेपालमा नदेखिने ग्रहण बार्नु नपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

Attariya Hospital

उनका अनुसार, नेपाली आकाशमा नदेखिने ग्रहणले कुनै दोष नलगाउने शास्त्रीय मान्यता छ।

nawajiwan

समितिका अनुसार आइतबारको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकाजस्ता देशबाट मात्र देखिनेछ।