काठमाडौँ महानगरले वितरण गर्दैछ बैतडीको सिगास गाउँपालिका सहित ३५ पालिकालाई एम्बुलेन्स

Image
Nisarga Hospital

बैतडीः काठमाडौँ महानगरपालिकाले देशका दुर्गम गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, विगत एक वर्षदेखि रोकिएको कार्यक्रम अब सुरु हुने बताएका हुन्।

CP Hospital Dhangadhi

पहिलो चरणमा बैतडीको सिगास गाउँपालिका सहित देशभरका मापदण्डका आधारमा छनोट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराइनेछ। महानगरले स्वास्थ्य सुविधा अभावमा पछाडि परेका पालिकालाई प्राथमिकता दिँदै पारदर्शी मापदण्ड अनुसार वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।

यस निर्णयसँगै सिगास गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन्। उनीहरूले आकस्मिक स्वास्थ्य सेवामा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

nawajiwan
Attariya Hospital

मेयर साहले लेखेका छन्, “विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२ असोज ७ गते मंगलबारदेखि सुरु गर्दैछौं। पहिलो चरणमा देशभरका ३५ दुर्गम गाउँपालिकालाई एम्बुलेन्स वितरण हुनेछ। स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। यो मात्र सुरुवात हो, अब कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।”