गोदावरी नगरपालिकाको पुनरनिर्माणका लागि नवज्योति माबिका शिक्षकहरुद्वारा आर्थिक सहयोग

Image
Nisarga Hospital

अत्तरियाः भाद्र २३–२४ गतेको जेनजी आन्दोलनका कारण ठूलो क्षति बेहोरेको कैलालीको गोदावरी नगरपालिकालाई पुनःस्थापित गर्न स्थानीयस्तरमै सहयोग जुट्न थालेको छ। “मेरो पालिका, म आफैं बनाउँछु” अभियानअन्तर्गत नगरपालिकाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि विभिन्न संघ–संस्था, विद्यालय, सहकारी संस्था र स्थानीय नागरिकहरूले आवश्यक सामग्री तथा रकम उपलब्ध गराइरहेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

यसै क्रममा गोदावरी नगरपालिका–३ मालिकाटोलस्थित श्री नवज्योति माध्यमिक विद्यालयका शिक्षकहरूले दुई दिनको तलब बराबर ४० हजार ५ रुपैयाँ नगरपालिकालाई हस्तान्तरण गरेका छन्। उक्त चेक विद्यालयका लेखापाल घनश्याम पनेरुले प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीलाई बुझाएका हुन्।

नगरपालिकामा आगजनीबाट नोक्सानी भएकाले पुनर्निर्माणलाई सहज बनाउन विद्यालय, सहकारी, संघ–संस्था तथा स्थानीय बासिन्दाले देखाएको सक्रियताप्रति प्रमुख प्रशासकीय अधिकृत बिनाडीले कृतज्ञता प्रकट गरेका छन्। उनका अनुसार नागरिकको हातेमालो र संस्थागत सहयोगले क्षतिग्रस्त संरचना पुनःनिर्माणमा ठूलो टेवा पुर्‍याउनेछ।