कैलाली उद्योग वाणिज्य संघको ५१औं चुनावी अधिवेशन असोज २५ मा

Image
Nisarga Hospital

कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा तथा चुनावी अधिवेशन असोज २५ गते धनगढीमा हुने भएको छ। भदौ २८ गतेका लागि तय गरिएको अधिवेशन जेनजी आन्दोलनपछि लागु भएको कफ्र्युका कारण स्थगित गरिएको थियो। दसैं–तिहारको बीचमा सर्वपक्षीय बैठकले नयाँ मिति तय गरेको अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

CP Hospital Dhangadhi

संघका अध्यक्ष कुँवरले सबै उद्योगी व्यवसायीलाई भिडियो सन्देशमार्फत् सहभागी हुन आग्रह गरेका छन्। संघको २२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।

Attariya Hospital

अन्य पदका लागि छ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। संघका दुई हजार २७४ सदस्यले मतदानमा भाग लिन पाउनेछन्। यस अधिवेशनले संघको आगामी कार्ययोजना र नेतृत्वको निर्णय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

nawajiwan