धनगढीमा हराएको भोलिपल्ट नदीमा निर्वस्त्र भेटियो बालिकाको श’व

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया बालिका सुचित्रा रानाको शव मोहना नदीमा भेटिएको छ।

CP Hospital Dhangadhi

बिहिबार साँझ करिब ४ बजे हराएकी बालिकाको आज (शुक्रबार) दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

बालिका हराएको भन्दै आज करिब १० बजेतिर अभिभावकले खोजी गर्न आग्रह गर्दै प्रहरीलाई जानकारी दिएका थिए। त्यसको केही घण्टापछि शव भेटिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

nawajiwan
Attariya Hospital

‘हिजो बालिका हराएको भन्दै आज जानकारी गराउनुभएको थियो। हामीले खोजीकार्य जारी राखेका थियौँ,’ उनले भने, ‘करिब ३र४ बजेतिर बालिकाको शव भेटिएको हो।’ नदीमा डुबेको अवस्थामा बालिकाको शव भेटिएको र करिब २ सय मिटर पर लुगा तथा चप्पल फेला परेको प्रहरीले जनाएको छ।

पोष्टमार्टमपछि घटनाको थप तथ्य बाहिर आउने प्रहरीले जनाएको छ। बालिकाको शव निर्वस्त्र अवस्थामा भेटिएको भन्दै घटना रहस्यमय रहेको स्थानीय तथा आफन्तहरूले बताएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।