बैतडी: बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा इलेक्ट्रोनिक भ्यान (इभी) दु’र्घ’ट’ना हुँदा १० जना घा’इते भएका छन्।
धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सुपप्र ०२००१ ज ०६२० नम्बरको जिप शनिबार करिब दिउँसो पौने ३ बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा दु’र्घ’ट’ना भएको हो।
इभीमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घा’इ’ते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए। घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको उनले बताए।
घा’इते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन्।


यस्तै पुर्चौंडी नगरपालिका –४ का १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन्।
घा’इते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक बडूले बताए। इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फ’रार रहेका र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
इभी सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
तस्वीर– गणेश रावल