बैतडीमा भ्यान दु’र्घट’ना, तीनजना ग’म्भीर घा’इते

Image
Nisarga Hospital

बैतडीमा एक भ्यान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। सुप प्र ०१ ००१ च ४१२८ नम्बरको भ्यान खोल्सीबाट पाटन बजारतर्फ आउँदै गर्दा पाटन–६ गाङको मोडमा बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो।

CP Hospital Dhangadhi

दुर्घटनामा पाटन नगरपालिका–४ का चालक मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन्।

Attariya Hospital

घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan