यसपालीको विजयादशमीमा वर्षा, किसान र टीका दुवै प्रभावित

Image
Nisarga Hospital

विजयादशमीको टीका ग्रहण गर्ने आजको शुभ दिनमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षा भइरहेको छ। कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा बिहानैदेखि पानी परेकोले आफन्तजन र मान्यजनकोमा टीका लगाउन जाने कार्यमा असर परेको छ। मौसम विज्ञान विभागले पहिले नै हल्का देखि मध्यम वर्षाको सम्भावना जनाएको थियो, जसअनुसार आज बिहानदेखि वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

यो बेमौसमी वर्षाले किसानहरूमा चिन्ता थपेको छ। धान भित्र्याउने समयमै परेको वर्षाले खेतमा क्षति पुग्ने आशंका बढेको छ। धेरै किसानले काटेर खेतमै कुन्यू लगाइसकेका छन्। पानीले भिज्दा पराल कुहिने र धानको गुणस्तर घट्ने जोखिम छ। यसबाट बच्न किसानहरूले काटेको धानको कुन्यूमा त्रिपाल छोपेका छन्। लगातार झरी परे धानबालीमा नोक्सानी पुग्ने डर छ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेश, विशेषगरी कैलाली र कञ्चनपुर, धान उत्पादनको मुख्य क्षेत्र हो। केही वर्षअघिको वर्षाले किसानले ठुलो क्षति व्यहोरेको अनुभवले यसपालि सतर्कता बढाएको छ। किसानहरू वर्षाको अवरोधबीच पनि आफ्नो धान जोगाउने र टीका पर्व मनाउने दुवै चुनौती सामना गरिरहेका छन्।

nawajiwan