अव्यवस्थित प्रयोग अन्त्य गर्न कैलालीको गोदावरी नगरपालिकाको कडाइ, ६ सवारी फिर्ता

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले अव्यवस्थित रूपमा प्रयोग भइरहेका छ वटा सवारी साधन फिर्ता गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको जिन्सी शाखाका अनुसार वडा नम्बर १ र १२ का वडा कार्यालय, फोहोर व्यवस्थापन शाखा, स्वास्थ्य शाखा र प्रशासन शाखाले एक–एक थान मोटरसाइकल फिर्ता गरेका छन् भने नगर मनोपरामर्शदाताले एक थान स्कुटर बुझाएका छन्।

Attariya Hospital

नगरपालिकाले असोज २० गते सबै वडा कार्यालय, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र र कृषि–पशुपन्छी उपचार केन्द्रलाई पत्र पठाई तीन दिनभित्र अव्यवस्थित रूपमा प्रयोग भएका दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि सवारी साधन फिर्ता लिइएका हुन्। नगरपालिकाले अब ती साधनहरू व्यवस्थित प्रयोगमा ल्याइने जनाएको छ।

nawajiwan
Advertize US